एमाले कैलालीको कारबाहीमा परेका पूर्व अध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

एमाले कैलालीको कारबाहीमा परेका पूर्व अध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

धनगढी । नेकपा एमाले कैलालीको कारबाहीमा परेका एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापाले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी स्रोतका अनुसार बिहीबार बिहान पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको बैठकपछि टीका ग्रहण गर्दै थापाले पार्टी प्रवेश गरेका हुन्।

उनीसँगै राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैया चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। 

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका थापालाई नेकपा एमालेले असार १४ गते स्थानीय निर्वाचनमा असहयोग गरेको भन्दै कारबाही गरेको थियो।