कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक( डीएसपी) वेदप्रकाश जोशीले धनगढी ३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने भनिने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए ।  नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।