कैलाली ५ मा आरजु राणालाई सिफारीस

कैलाली ५ मा आरजु राणालाई सिफारीस

धनगढी । मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा डा.आरजु राणा देउवालाई दोहोर्‍याउने काग्रेंसले निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागी उनलाई कैलाली ५ बाट प्रत्यक्ष उमेदवार बनाउने  निर्णय गरेको  नेपाली कांग्रेसका जिल्ला सचिब नृप सुनारले बताए ।  

अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।