सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अन्त्य हुँदै

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अन्त्य हुँदै

धनगढी ।   सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आज ९शुक्रबार० देखि अन्त्य हुने भएको छ।  सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको १०औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो। 

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो।

प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराइ प्रदेश सभाको बैठक अन्त्य गर्ने तयारी गरिएको छ। आज केहिबेरमा प्रदेश सभा बैठक बस्ने र सोही बैठकपछि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए।

बैठकको अन्त्य अघि प्रदेश सभा सचिवालय प्राङगणमा विशेष समारोहको आयोजना हुने छ। सचिवालयले आज पहिलो पाँच वर्षीय कार्याकालको समीक्षा तथा सम्मान कार्यक्रम गर्न लागेको जानकारी दिँदै आमन्त्रण पत्र पठाएको छ। प्रदेश सभा सञ्चालन भएको पाँच वर्षमा बिहीबारसम्म ५९ विधेयकहरु पारित गरेको छ ।