बझाङमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु

बझाङमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु

बझाङ। बझाङको थलारा गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । बझाङको थलारा गाउँपालिका९७ का गणेश सुनारकी ६ वर्षीया छोरी करिस्मा सुनारको घर नजिकै रुखमा रहेको अरिङ्गालले टोक्दा मृत्यु भएको हो ।बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्ने क्रममा उनलाई अरिङगालले टोकेको थियो।

घाइते करिस्मालाई उपचारको लागि खोली लगिए पनि उनको उपचारको क्रममा मृत्युु भएको हो ।अरिङगालको गोलो छुटेर घरभित्रै पसेको र घरका अन्य २ जना सदस्य पनि घाइते भएको मृतकका बुबा गणेश सुनारले बताए । घाइते हुनेमा सुनार कि श्रीमती नन्नु सुनार र छोरी एन्जीला सुनार रहेका छन् । उनीहरूलाई उपचारकालागि जिल्ला अस्पताल सिमखेत लगिएको छ ।