कैलाली क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार सिफारिस

कैलाली क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार सिफारिस

कैलाली / कैलालीको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना नाम सिफारिस गरेको छ ।

कांग्रेसले उक्त क्षेत्रको लागि कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताउनुभयो । 

यता एमालेले उक्त क्षेत्रबाट सूर्यबहादुर थापा, कमला ओली र झपट रावललाई सिफारिस गर्ने सम्भावना प्रबल रहेको छ ।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गर्नुभएको थियो ।