कैलालीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

कैलालीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

धनगढी । डेंगु संक्रमणबाट सिकिस्त कैलालीको धनगढी उपमहानगरपालिका १२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको छ । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको हो ।

यतिबेला सुदूरपश्चिमका सबै जिल्लामा डेंगुको संक्रमण फैलँदो क्रममा छ । स्वास्थ्य निर्देशनालयका अनुसार मंसिरयता ३ सय ७१ जना डेंगुबाट संक्रमित भइसकेका छन् । संक्रमण बढ्दै गएपछि प्रदेशभर सबैलाई सचेत रहन आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौंसहित ६६ जिल्लाका विभिन्न भागमा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउनदेखि बिहीबारसम्म २ हजार १ सय ७९ जनामा डेंगु पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी वाग्मतीमा १ हजार २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लुम्बिनीमा ५ सय ८३, प्रदेश १ मा १ सय ४४, गण्डकीमा ५२, मधेसमा ४८, सुदूरपश्चिममा ४४ र कर्णालीमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।