‘बालबालिकाका लागि हात धुने अभ्यास सम्बन्धि अभियान’को अनुगमन

‘बालबालिकाका लागि हात धुने अभ्यास सम्बन्धि अभियान’को अनुगमन

डोटी / डोटीको दिपायल सिलगढी नगर पालिका –९ कलेनामा ‘बालबालिकाका लागि हात धुने अभ्यास सम्बन्धि अभियान’को अनुगमन गरीएको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको आयोजनमा विहिवार अनुगमन गरीएको हो ।
‘हात धोऔँ, स्वस्थ रहौँ भन्ने नारा’का साथ दिसिनपा –९ को दुई ठाउँमा अनुगमन गरीएको छ । अनुगमन क्रममा दुवै ठाउँमा रहेका आरसि वालवालिकाले छ वटा तरीकावाट हात धोएर सहभागिलाई देखाएका थिए । 
यस्ता कार्यक्रम प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनको लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने स्थानिय मन्सरी देवि आउजिले वताईन् । उनले भनिन्,‘ पढाई शिविर गाउँमा आए पछि कोभिडको समयमा समेत हाम्रा वालवालिकाले पढ्ने अवसर पाएका थिए ।’ 
संस्थाले वाववालिकालाई पढाई संगै सरसफाईमा क्रियाकलापलाई जोड दिएकोमा धन्यवाद दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने दिसिनपा– ९ कि वडा सदस्य लक्ष्मि साउँदले वताईन् । उनले थपिन्,‘ वालवालिकालाई पढाई संगै उचित वस्ने व्यवस्थाको संस्थाले सहयोग गरी दिए राम्रो हुन्थ्यो ।’
 पढाई शिविरमा बालबालिकाहरुलाई बिभिन्न खेल माध्यमबाट सिकाई तथा पढाई सिप विकास गर्ने गरिएको दिसिनपा– ९ स्थित  तल्लो कलेना पढाई शिविर सहजकर्ता लक्ष्मि नेपाली बताइन् ।
शिविरमा बालबालिकाहरुलाई कक्षा कोठामा बसाइ व्यवस्थापन देखि सरसफाइका कुराहरु समेत सिकाउने गरेको दिसिनपा– ९ स्थित  मल्लो कलेना पढाई शिविर सहजकर्ता गंगा साउँदले बताइन् ।
यस्ता कार्यक्रमले बालबालिकाहरुको शैक्षिक सुधार तथा बिपन्न परिवारका बालबालिकाहरुको आर्थिक सुधारमा समेत सहयोग पुग्ने अभिभावक गिता कुमारी अधिकारीले  बताइन् ।

दिपायल सिलगढी नगरपालिका, पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा समावेशी तथा गुणस्तरिय शिक्षा प्राबिधिक परियोजना तथा बाल स्पोन्सरसिप परियोजना लागु भएको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।