जब विमानस्थलमा सईको कार्यकक्षभित्र लिएर प्रहरीले यात्रु कुटे (भिडियो)

जब विमानस्थलमा सईको कार्यकक्षभित्र लिएर प्रहरीले यात्रु कुटे (भिडियो)

कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरी दिउँसो साढे १२ बजे श्री एयरलाइन्सको फ्लाइटमार्फत काठमाडौं जादैँ थिए । उनी धनगढी विमानस्थल पुग्दा साढे १२ बज्नै लागेको थियो । हतारहतार आफूसँग भएका पोकापुन्तरा सुरक्षा जाँच मेसिनमा राख्दै बोर्डिङका लागि उनी श्री एयरलाइन्सको काउन्टरमा गए । बोर्डिङ पास लिए । 

तर उनको ब्याग चेकगर्दा प्रहरीले नगद ५ लाख भेटायो र स्रोत खुलाउँन भन्यो । गिरीको भनाई मान्ने हो भने ५ लाख विमानस्थलबाट लिन पाइदैँन भन्ने उनलाई थाहा थिएन । अघिल्लो दिन शुक्रबार सुदूरपश्चिममा स्थानीय बिदा परेको र उड्ने दिन आज शनिबार भएकाले उनले बैंकमा पैसा डिपोजिट गर्न पाएनन । काठमाडौं जानेबित्तिकै डलर साट्नुपर्ने भएकाले पनि उनले बैंकमा पैसा राख्नुभन्दा नगदै बोक्न उचित ठाने ।

‘प्रहरीले स्रोत देखाउँन अन्यथा पैसा लिन नपाईने बताएपछि मैले स्रोत देखाईदिन्छु । बैंक कहाँबाट ल्याएको हो भन्ने पनि बताईदिन्छु । बैंकको नम्बर पनि दिन्छु भनेको थिए,’ धनगढीखबरसँग गिरीले भने, ‘प्रहरीले लिन पाइँदैन बरु आफन्तलाई छोडेर जानुहोस् भनेपछि मैले आफन्तलाई बोलाए ।’

प्रहरीको दाबी अनुसार यस बहसका क्रममा गिरी आक्रोसित भएर गाली गरेका थिए । तर गिरी भने आफूले एउटा पनि नराम्रो शब्द नबोलेको बताउँछन् । 

त्यतिञ्जेल साढे १२ बजेको फ्लाइट उठ्ने समय भैसकेको थियो । गिरीले बोर्डिङ पास लिइसकेकाले उनका लागि ५ मिनेट जति जहाज रोकिएको त्यसबेला श्री एयरलाइन्सको काउन्टरमा रहेका रनसिंह ठकुल्ला बताउँछन् । 

‘उहाँले बोर्डिङ गरिसक्नुभएको थियो । पैसा लिन मेरो मान्छे आउँदैछ भनेपछि हामीले ५ मिनेट जति रोक्यौं,’ ठकुल्लाले धनगढीखबरसँग भने, ‘त्यसअवधिमा पनि उसको मान्छे नआएपछि क्याप्टेनले मानेनन् र पछिल्लो फ्लाइटमा पठाउँने भन्दै उनलाई नलिई जहाज उड्यो ।’

गिरीका अनुसार जहाज उडेको दुई मिनेटमा उनका मान्छे विमानस्थल पुगेका थिए । तर एकछिन पनि जहाज नरोकिदिएको भन्दै गिरी आक्रोशित भए । त्यत्तिकैमा प्रहरी आएर उनलाई समाप्दै विमानस्थल परिसरको प्रहरी कार्यालयभित्र लगे । 

गिरीका अनुसार पाण्डे थरका प्रहरीको नेतृत्वमा आएको समूहले उनीमाथि कुटपिट गरेको हो । 

‘त धेरै बोल्छन् । यसलाई समात । यसलाई यहीबाट चार्ज गर्दै लैजानुपर्छ भनेर श्री एयरलाइन्सको काउन्टरबाट हान्दै, पिट्दै बाहिर निकाल्योे,’ गिरीले धनगढीखबरसँग भने, ‘त्यसपछि सई सापको कक्षभित्र लगेर ढोका थुनेर अगाध हुने गरि कुटपिट गरिएको छ । त धेरै बोल्छन् भनेर थप्पड, मुक्का हाने । हातमा लगाएको रिङले मेरो आँखामा हिर्काए । बाहिर आँखा सुनिएको छ । भित्री नदेखिने चोटहरु अरु पनि छन् ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रत्यक्षदर्शी श्री एयरलाइन्सको काउन्टरमा रहेका ठकुल्ला पनि प्रहरीले उनलाई घचेट्दै लगेको कुरा पुष्टि गर्छन् । उनले भने, ‘प्रहरीले आफूहरुमाथि मुख छोड्यो भन्दै घचेटेर बाहिर लगेका थिए ।’

जसको कार्यकक्षमा गिरीमाथि कुटपिट भएको थियो, ती सई भने कुर्सीमा बसेर सबै दृश्य हेरेर बसेको गिरी बताउँछन् । 

उक्त घटनाअध्यननका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उरीक्षक वेदप्रकाश जोशीको संयोजकत्वमा छानविन समिति बनाएको छ ।  प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले काउन्टरमा पुगेर गाली गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताए । 

‘उहाँको विमान छुटेपछि काउन्टरमा गएर गाली गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘कुटपिट भएको विषयमा छानविनका लागि प्रहरीले समिति गठन गरेको छ । यदि प्रहरी दोषी पाईएमा विभागीय कारबाही हुनेछ ।’ 

आफूले प्रहरीसँग अनावश्यक ‘डिस्कस’ वा गाली नगरेको दाबी गिरीको छ । सिसीटिभी क्यामरा हेर्दा सबैकुरा छर्लङ हुने उनले बताए । 

‘अत्यमा प्रहरीले मलाई अब जे हुनुभईहाल्यो । केस गर्यो भने तिमलाई जेल हुन्छ भनेर धम्की दियो । त्यसपछि म निस्केर बाहिर आए,’ गिरीले भने । 

साढेँ १२ बजे काठमाडौं उड्न नपाएका गिरीले पुलिसले अनावश्यक दुख दिएपछि उनी साढे ४ बजेको फ्लाइटमा उडेर अहिलेभने काठमाडौं ओर्लिसकेका छन् ।