जयपृथ्वीमा ‘शिक्षामा स्थायित्व अभिवृद्धि’ परियोजनाको बैठक सम्पन्न

जयपृथ्वीमा ‘शिक्षामा स्थायित्व अभिवृद्धि’ परियोजनाको बैठक सम्पन्न

बझाङ। बझाङको तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकामा लागु भएको शिक्षामा स्थायित्व अभिवृद्धि परियोजना अन्तर्गत नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति समीक्षा बैठक सम्पन्न भएको छ । बैठक जिल्लाको जय पृथ्वी नगरपालिकामा नगर प्रमुख चेतराज बजालको अध्यक्षतामा समापन गरिएको हो ।

शिक्षामा स्थायित्व अभिवृद्धि परियोजना अन्तर्गत जय पृथ्वी नगरपालिका अन्तर्गत सात वटा माध्यमिक विद्यालय र तलकोट गाउँपालिकाका चार वटा माध्यमिक विद्यालयहरू मा गरी जम्मा ११ विद्यालयहरूमा लागू भइरहेको कार्यक्रम अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा रीड नेपाल द्वारा सञ्चालन भइरहेको रीड नेपालका बझाङ जिल्लामा कार्यरत शिक्षा विकास अधिकृत उमा भट्टले जानकारी दिइन् ।

यस्तै, कार्यक्रममा यस परियोजनाले हाल सम्म गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा सहितका उपलब्धिहरू को कार्यपत्र प्रस्तुत गर्दै यस परियोजनाले गुणस्तरीय शिक्षा लाई जोड दिँदै बालबालिका पठनपाठनमा सहयोग पुगाएको शिक्षा विकास अधिकृत भट्टले बताइन् ।

त्यस्तै, अस्ट्रेलियन सरकार (डिएफएटी)को आर्थिक सहयोगमा रीड नेपाल द्वारा सञ्चालित ‘शिक्षामा स्थायित्व अभिवृद्धि’ परियोजनाले यस क्षेत्रका माध्यमिक विद्यालयका बालबालिकाहरूको पठनपाठनमा सहयोग पुर्‍याएको र यसलाई अझै प्रभावकारी बनाउन रीड नेपालका कार्यकारी प्रमुख भीम बोगटीले बताए ।

यस्तै, परियोजनाले शिक्षामा साह्रै राम्रो सहयोग पुर्‍याएको र यसलाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गरी सफल पार्न नगरपालिका सधैँ तत्पर रहने नगरपालिकाका नगर प्रमुख चेतराज बजालले प्रतिबद्धता जनाए ।

यसका साथै, कार्यक्रमबाट जय पृथ्वी नगरपालिकामा भएको नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिका लागी नगर उप-प्रमुख रतन बहादुर सिंहको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको थियो ।

उक्त समीक्षा बैठकमा नगरपालिकाका नगरप्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुख, सात वटै माध्यमिक विद्यालयहरूका प्रधानाध्यापक, रिड नेपालका सिइओ र बझाङ जिल्लामा कार्यरत शिक्षा विकास अधिकृतहरूको उपस्थिति रहेको थियो ।