बैतडीमा काँग्रेसबाट संघका लागि १३ जनाको नाम सिफारिस

बैतडीमा काँग्रेसबाट संघका लागि १३ जनाको नाम सिफारिस

बैतडी । बैतडीबाट नेपाली  काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको  नाम सिफारिस गरेको छ । अगामि मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले  संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरि नाम सिफारिस गरेको हो । 

नेपाली काँग्रेस बैतडीले  संघका लागि १३ जनाको  नाम सिफारिस गरेको छ । काँग्रेस बैतडी सचिव देवराज जोशीका अनुसार प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, बिनय ध्वज चन्द, नरबहादुर  चन्द, केशब बहादुर चन्द,उत्तर बहादुर  ऐरको  नाम सिफारिस भएकोछ । यस्तै प्रताप सिंह ठगुन्ना, शुरेद्र ऐर ,दिनेश भट्ट, शिव राज भट्टको नाम पनि प्रत्यक्षतफ सिफारिस भएको हो । 

यस्तै समानुपातिकतर्फ देवु  ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्ट को  नाम सिफारिस  गरिएको उनले  बताए बताए । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीको  यहि भदौ १९ गते बसेको बैठकले संघका लागि उम्मेदवार  सिफारिस गरेको बताइएको  छ । 

यस्तै प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवार  सिफारिस भएका छन्। काँग्रेस बैतडीले  क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र  समानुपातिक तर्फबाट १५ जनाको  नाम  सिफारिस गरेको  सचिव जोशीले बताए ।  

यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ १८ जना र  समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस भएको उनले बताए ।क्षेत्र नम्बर ‘क’ बाट प्रत्यक्षतर्फ बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना  र समानुपातिकतर्फ लोक राज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका छन्  ।

यसैगरि ‘ख’ बाट प्रत्यक्षतर्फ शिवराज भट्ट,तेज बहादुर  चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर  भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी लगयातका १८ जना र  समानुपातिक तर्फ नरेन्द्र  सिंह थापा, तृत बहादुर  विष्ट ,कान्ता चन्द र कुस्मा चन्द  लगायत २३ जनाको  नाम सिफारिस भएको  बताइएको  छ ।