बाजुरामा स्वास्थ शिविरबाट २ सय बढिले लिए सेवा

बाजुरामा स्वास्थ शिविरबाट २ सय बढिले लिए सेवा

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ मा दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २ सय बढिले सेवा लिएका छन । बडिमालिका नगरपालिकाको समन्वय र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्काको अगुवाइमा शनिबार र आईतवार गरी दुई दिन  निशुल्क स्वास्थ्य  शिविर सञ्चालन गरिएको थियो ।

जिल्लाको बडिमालिका  ६ स्थित वडा कार्यालयमा रहेको कोर्ध शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा जिल्ला अस्पताल बाजुराका विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरि सेवा दिईएको थियो।

शिविरमा नाक, कान, घाँटी, ढाड तथा भाईरल ज्वरो रोगका साथै महिलाको पाठेघर सम्बन्धि रोगको उपचार गरिएको शश्वतापसिंह कुँवरले बताए। शिविरमा २ सय ५० भन्दा बढी  बिरामिलाई निशुल्क अौषधि वितरण गरिएको डाक्टर कुवँरले बताएका छन ।

६ नम्बर वडाका वडाको पहलमा र बडिमालिका नगरपालिकाको समन्वयमा निशुल्क शिविरको माध्यमबाट भाईरल ज्वरो प्रभावितहरुलाई उपचार गरिएकाले स्थानीयहरु निकै खुसि भएका छन ।

 भाईरल ज्वरो फैलिए संगै बिरामिहरुलाई स्वास्थ्य सहरी स्वास्थ्य केन्द्रले उपचार सम्भव नभएकाले निसुल्क सिविर संचालन गर्न वडाले पहल गरेपछि निशुल्क शिविर संचालन गर्दा सर्वसाधारणले गाउकै स्वास्थ्य केन्द्रमा सेवा पाएको कोर्ध सहरि स्वास्थ्य केन्द्रले बताएको छ ।

भाईरल ज्वरो गाउँघरमा भयावह फैलिएकाले धेरै जसो बिरामिहरु महिला ,पुरुष र बालबालिका सबैलाई संक्रमण हुने भएकाले गाउँकै स्वास्थ्य केन्द्रमा निशुल्क शिविर संचालन गरेकोमा स्थानीयले वडाका अध्यक्ष लाई धन्यवाद व्यक्त गरेका थिए। डाक्टर शाश्वतसिंह कुँवरका अनुसार गाउँमा भाईरल ज्वरोले धेरै जसोलाई निकै असहज भएको र केही उपचार पछि बिरामिलाई सहज भएको बताए । भाईरल ज्वरो धेरै जसो बालबालिकाहरुलाई संक्रमण हुने र अन्य व्यक्ति भन्दा बालबालिकालाई जटिल हुने गरेकोले धेरै जसो बालबालिका र बृद्ध बुढा बुढि नै उपचारमा आएका डाक्टर कुवँरले बताए ।

बडिमालिका ६ मा रहेको कोर्ध सहरि स्वास्थ्य केन्द्रमा जटिल बिरामिहरु बोक्ने ईमर्जेन्सी को लागि स्टेचर पनि उपलब्ध नरहेको कोर्ध सहरि स्वास्थ्य केन्द्रले बताएको छ ।वडामा एउटा पनि बिरामी बोक्ने स्टेचर नहुँदा स्वास्थ्य केन्द्र भन्दा टाढा बसोबास गर्ने व्यक्तिहरु बिरामिलाई बोक्न असहज भईरहेको स्थानीयको गुनासो रहेको छ ।