विमानस्थलमा यात्रु कुट्ने प्रहरी हवल्दारमाथि अनुसन्धान सुरु

विमानस्थलमा यात्रु कुट्ने प्रहरी हवल्दारमाथि अनुसन्धान सुरु

धनगढी । धनगढी विमानस्थलमा सुरक्षा निकायको कार्यकक्षभित्र लगेर यात्रुलाई कुट्ने एक प्रहरी हबल्दारमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सुरु गरेको छ । एयरपोर्ट पोस्टबाट जिल्ला प्रहरी कार्यालयमा झिकाउँदै उनीमाथि अनुसन्धान सुरु भएको हो । कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई शनिवार दिउँसो धनगढीबिमानस्थलका सुरक्षा पाेस्टभित्रै लगेर हवाल्दार कृष्ण पाण्डेले हातपात गरेका थिए । हातपातबाट गिरीको आँखा सुनिएको थियो । आफूलाईं पाण्डेको समूहले थप्पड हान्नुका साथै कुटपिट गरेको गिरीले आरोप लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार छानबिनका लागी पाण्डेलाई जिल्ला झिकाईएको हो । उक्त घटनामाथि छानविन गर्न जोशीको नेतृत्वमा प्रहरीले एक अनुसन्धान समिति बनाएको छ ।