माओवादी अध्यक्ष प्रचण्ड मंगलबार धनगढी आउँदै

माओवादी अध्यक्ष प्रचण्ड मंगलबार धनगढी आउँदै

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् । उनी   पार्टीको सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा धनगढी आउन लागेका हुन् । 

अध्यक्ष प्रचण्ड सँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङ लगायतका नेताहरू को विशेष उपस्थिति रहने अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति प्रमुख सचिव डम्बर राज भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार मसिर ४ गते हुने प्रदेश र सघंको निर्वाचन लक्षित कार्यक्रमका लागि माओवादी उच्च पदस्थ नेताहरू धनगढी आउन लागेका हुन् ।