टर्मिनल भवनको शिलान्यास गर्न डोटी पुगेका आलेले भने, 'दिपायलमा राजधानी सार्न असफल भए'

टर्मिनल भवनको शिलान्यास गर्न डोटी पुगेका आलेले भने, 'दिपायलमा राजधानी सार्न असफल भए'

डोटी। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले डोटीको दिपायलमा राजधानी सार्न असफल भएको बताएका छन् । सोमबार  डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यास पश्चात् आलेले सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल राख्नका लागी आफूले गरेका हरेक प्रयासमा असफल भएको बताएका हुन् ।

डोटीको दिपायलमा हुने भनिएको राजधानी धनगढीमा सार्न लागेपछि दुई तिहाइ बहुमत नपुगेका कारण मुख्यमन्त्री  त्रिलोचन भट्ट र आफू हर प्रयास गर्दा असफल भएको आलेले दाबी गरे । दिपायल राजधानी बनाउनका लागी कुनै कसुर बाँकी नराखेको उनको भनाई रहेको छ । 

तत्कालीन नेकपाभित्रबाट निर्वाचित भएका कैलाली–कञ्चनपुरका सांसदहरूले पहाडमा राजधानी ल्याउनका लागि सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उनको जिकिर छ । यसलाई उनले डोटी र डोटेलीको लागि दुर्भाग्य भएको बताए ।