सिट बाँडफाँडका कारण गठबन्धनमा कुनै समस्या आउँदैन : भट्टराई

सिट बाँडफाँडका कारण गठबन्धनमा कुनै समस्या आउँदैन : भट्टराई

धनगढी । नेपाल समाज समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले सिट बाँडफाँडका कारण गठबन्धनमा कुनै समस्या नआउने प्रस्ट पारेका छन । पार्टीको प्रदेश स्थरिय प्रशिक्षणका लागी धनगढी पुगेका भट्टराइले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँड गर्न ढिलाई भएपनि समस्या नआउने बताएका हुन् । 

सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ आफ्नो दावी रहँदा समयमै सिट बाँडफाँड हुन नसकेपनि अन्तमा सबैको सहमतीमै बाँडफाँड हुने भट्टराइको भनाई थियो । अहिलेको गठबन्धन प्रतिगमनकारीका बिरुद्ध भएका कारण मिलेर जानुको बिकल्प नरहेको भट्टराइले बताएका हुन्। निर्वाचनमा एक्लै लडे कसैकोपनि बहुमत आउन सक्ने नभएका कारण गठबन्धन गरेर निर्वाचनमा जानु परेको उनले बताए । 

२०७४ मा जितेका आ आफ्नो ठाउँ लिने र बिपक्षीले जितेका ठाउँमा मात्रै सिट मिलाउनु परेको उनले बताए । सत्ता गठबन्धननै चुनावमा जाने र चुनावपछि गठबन्धनकै सरकार बन्ने भट्टराइले बताए । भट्टराइले तत्काल एमाले लगायतका दलहरुसंग सहकार्य सम्भव नरहेको बताए । संबिधानको नेतृत्व गर्ने बर्तमान गठबन्धनकै दल भएका कारण जोगाउने दायित्वपनि यिनै दलको हुने उनको भनाई थियो । 

भट्टराइले यो ब्यवस्था परिवर्तन गर्नका लागी दुई तिहाई बहुमत आवश्यक रहेको बताए । प्रत्यक्ष कार्यकारी राष्टपति र समानुपातिक सांसद प्रणालीका लागी संबिधाननै संसोधन गर्नुपर्ने भएकाले त्यो अवस्था नआउँदा सम्म गठबन्धनबाटै जानुपर्ने उनको भनाई छ । भट्टराइले नेपालका दुई दल काग्रेंस र एमाले बाहेकको समाजवादी पार्टी आवश्यक रहेको बताए । 

बैकल्पिक शक्तीका रुपमा समाजवादी पार्टी आवश्यक भएका कारण तालमेल र एकता बारे माओवादी, नेकपा समाजवादी लगायतका दलहरुसंग छलफल चलिरहेको उनले बताए ।