धनगढी पुगेर प्रचण्डले भने  प्रधानमन्त्रीका लागी कुनै बहस चलेको छैन !

धनगढी पुगेर प्रचण्डले भने  प्रधानमन्त्रीका लागी कुनै बहस चलेको छैन !

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री को बन्ने भनेर बहस शुरु नभएको बताएका छन् । निर्वाचन अघीनै प्रधानमन्त्री यो बन्ने भनेर गठबन्धनले नभनेको उनले बताएका हुन् । पार्टी प्रशिक्षण कार्यक्रमका लागी धनगढी पुगेका प्रचण्डले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले आफु प्रधानमन्त्री बन्न चाहेको या शेर बहादूर देउवालाइनै अघी सार्ने कुनै कुरा खोल्न चाहेनन् ।

प्रचण्डले भोली बुधबारभित्र सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । उनले सिट बाँडफाँडमा समस्या नहुने बताएका हुन् । गठबन्धनमा मागे अनुसार सिट भाग नपरेपनि सबैको अस्तित्व स्वूकार हुनेगरी सिट बाँडफाँड हुने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले धनगढी बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै आफ्नो दलले ६० सिट दावी गरेको बताएका हुन् । नेपाली काग्रेंसले एक सय, माओवादीले ६०, एकिकृत समाजवादीले २५ सिट दावी गरेको उनले बताए । दावी अनुसार काग्रेंस ८० सिटसम्म झर्ने र माओवादी ६० सिट हाराहारी पाउने उनको भनाई थियो ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने प्रयास भइरहेको बताए । प्रचण्डले बर्तमान निर्वाचन प्रणाली भ्रष्टाचार बढाएको बताएका छन् । नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र यसले भ्रष्टाचार बढाएको बताएका हुन् । केही दिनअघी चुनावपछि सडकमा आउँछु भनेको कुरा स्मरण गर्दै प्रचण्डले यो निर्वाचन प्रणाली बिरुद्ध जानुपर्ने तर्क राखेका हुन् ।

यो निर्वाचन प्रणाली र शासकीय स्वरुप चाँहि जनता र राष्ट्रको आवश्यकता अनुकुल नभएको भन्दै उनले निर्वाचन प्रणाली सामान्य जनताले लड्न सक्ने खालको हुनुपर्ने बताए । माओवादीलाई सुधार गर्नैपर्ने जिम्मेवारी रहेको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा प्रचण्डले जोड दिँदैे माओवादीले यो विषयलाई जोरदारका साथ उठाउने बताए ।

५ बर्षमा जनताले पाउनुपर्ने बिकास नपाएको प्रचण्डको भनाई थियो । बामपन्थी गठबन्धन गरेपछि आर्थिक बिकास, स्थाइत्व हुने र धेरै सपनाका साथ बाम एकता गरेपनि तत्कालित प्रधानमन्त्री केपी ओलीले जनभावना कुल्चेका कारण बाध्य भएर संघर्षमा उत्रिनु परेको उनले बताए । फेरी देशलाई समाजवादको यात्रामा अगाडी बढाउनका लागी काग्रेंसको नेतृत्वमा सरकार बनाउनु परेको उनले बताएका हुन् ।