डोटी प्रदेशसभा ‘ख’मा एमालेबाट टेक बम बलियो उम्मेदवार

डोटी प्रदेशसभा ‘ख’मा एमालेबाट टेक बम बलियो उम्मेदवार

धनगढी । डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट एमालेका उम्मेदवार टेक बमको दाबी बलियो देखिएको छ । जिल्लामा सहमति नजुटेपछि थप छलफलका लागि प्रदेशमा पठाइएका नामहरुमध्ये बमको नाम अग्रपंक्तिमा रहेको छ ।

विशेषगरी लामो समय सामाजिक कार्यमा लागेका बलमे जहिले पनि जनतासँग नजिक भएर काम गरेका छन् । विभिन्न क्षेत्रको अनुभव बटुलिसकेका बमलाई उम्मेदवार बनाउन पार्टी पंक्तिबाट पनि लबिङ भइरहेको छ । उम्मेदवारीका लागि अन्य ईच्छुक हुनु स्वभाविक भएपनि अन्ततः बमलाई नै समर्थन गर्नेगरी माहोल जुटिरहेको सुदूरपश्चि प्रदेश एमालेले जनाएको छ ।

जिल्लामा परिचित र केन्द्रमा पनि राम्रो पहुँच बनाएका बमलाई उम्मेदवार बनाउँदा डोटी क्षेत्र नम्बर ‘ख’को विकासमा थप आयाम ल्याउन सकिने आंकलन हुन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकट सम्बन्ध रहेका बमलाई डोटीका जनताले टिकट लिएर आउन शुभेच्छा समेत दिएका छन् ।

बोगटान–फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवारा चौताराका स्थायी बासिन्दा बमलाई त्यहाँका जनताले पनि टिकट लिएर आउन दबाब दिएका छन् । यदि बमले यसपाली टिकट पाएमा सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

डोटीबाट केन्द्रमा गठबन्धन दलबाट माओवादी केन्द्रको उम्मेदवारले टिकट पाउने बहस चलिरहेका बेला एमालेबाट बमलाई सिफारिस गर्ने तयारी गरिएको छ । बोगटान क्षेत्रबाट पहिलो पटक बमले प्रदेशसभामा दाबी गरेका छन् ।