अढाइ महिनादेखी अवरुद्ध कैचुँला टावर सुचारु

अढाइ महिनादेखी अवरुद्ध कैचुँला टावर सुचारु

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ कैचुँलामा रहेको नेपाल टेलिकमको स्काई टावर अवरुद्ध भएको अढाइ महिनापछि सञ्चालनमा आएको छ । गत माघ पहिलो साता हिमपातका कारण उपकरणमा क्षती भएर अवरुद्ध भएको कैचुँला टावर आज बेलुकी ५ बजेदेखी सुचारु भएको हो ।

माघ महिनाको पहिलो साता बर्षा र हिमपातका कारण कैचुँला टावरको तार, रेडियो स्टिटम र भवनमा क्षती भएपछि सञ्चारसेवा बन्द भएको थियो ।

समयमै उपकरण मर्मत तथा भवनको पुर्ननिर्माण नहुदा अढाइ महिनासम्म व्यासका स्थानीय सञ्चारबिहिन भएका थिए, व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले भन्नुभयो, उपकरण बाहिरबाट मगाउँनुपर्दा टावर मर्मतमा समय लागेको छ, निरन्तरको प्रयासपछि सञ्चार सुचारु भएपछि टेलिफोन र इन्टरनेट सेवा उपभोग गर्न पाउँने भन्दै स्थानीय खुसी भएका छन् ।