एमाले अध्यक्ष ओली राजावादी सँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका छन् : सिंह

एमाले अध्यक्ष ओली राजावादी सँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका छन् : सिंह

धनगढी । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले एमाले अध्यक्ष ओली राजाबादी संग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप आरोप लगाएका छन् । त्यसका लागि ओलीले भारतसंग समेत गहिरो सांटघाट गरेको उनको दावी छ ।

राष्ट्रि जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ती सवै उपलब्धी रक्षा हुन नसक्ने र अहिलेपनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्न पाँच दलिय गठबन्धन कायम हुनुपर्ने बताए । लामो संघर्षपछि प्रप्त गणतन्त्र, हिन्दु निरपेक्षतालाई जोगाउन पाँचदल मिल्नुको विकल्प नभएको बताएका छन् । 

नेकपाको दोन्द्ध मिलाउन नसकेर संसद विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाई छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छोडेर ओलीले कुर्चिमा रहिरहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँच दलिय गठबन्धन बनेको बताउँदै महाँमन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नु पर्ने बताए ।

अहिलेको पाँच दलिय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए ।

गठबन्धनमा सिट बाँडफाँडको मुद्धा पेचिलो बनेको प्रति उनले असतुष्टि व्यक्त गरे । राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दावि गरेको उनले बताए ।