कञ्चनपुर क्षेत्र १ बाट बिना मगर प्रितिनिधी सभामा सिफारीस

कञ्चनपुर क्षेत्र १ बाट बिना मगर प्रितिनिधी सभामा सिफारीस

कञ्चनपुर। नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी सांसद बिना मगरको एक नाम सिफारिस गरेको हो ।

नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले क्षेत्र १ बाट संघीय उम्मेदवारका लागि मगरको नाम सर्वसम्मतबाट सिफारिस गरिएको बताए । माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधान सभा सदस्यमा पराजित भएकी थिईन । ०७४मा आफ्ना निकटतमप्रतिद्वन्दी काँग्रेसका उम्मेदवार दिवान सिह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिईन ।

सांसद निर्वाचित भएसंगै खानेपानीमन्त्री भएकी मगर यस पटक पनि निर्वाचित भएसंगै मन्त्रीकै रुपमा हेरिएको छ । भारतसंग सीमा जोडिएको, विकासका दृष्ट्रिकोणले पछाडी परेको क्षेत्र भएकाले क्षेत्र १ को सम्बृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरुले बताएका छन। यस पटक काँग्रेसग गठबन्धन हुने भएपछि मगरलाई बलिया उम्मेदवारकै रुपमा हेरिएको छ । काँग्रेस नेताहरुले संघमा माओवादीले पाए प्रदेशका काँग्रेसले पाउने दावि गरेका छन ।

#प्रत्यक्ष_तर्फ
१) बिना मगर
संघ
#समानुपातिक_तर्फ
– अपाङ्गता
१) गोपाल काफले
#दलित महिला तर्फ
सीता बि क
#दलित_तर्फ
१) राम बा देवकर (रक्तबिज)
प्रदेश प्रत्येक्ष तर्फ
१ कंचन गिरि
२दिपक तिमेलशेना
३दिपक बि सि
४ भक्त राना
५ लोकेन्द्र लमसाल
#समानुपातिक
-खस आर्य तर्फ
कृष्ण पन्डित
#दलित तर्फ
बिरबल बिश्वकर्मा
पदम परियार
#थारु कल्स्टर
फुल्लन राना
#शहिद परिवार तर्फ
भागुराम चोधरी
#शहिद परिवार तथा दलित महिला तर्फ
रिता कु बिस्वकर्मा