धनगढी बसपार्कमा रहेको सार्वजनिक शौचालयमा ताल्चा

धनगढी बसपार्कमा रहेको सार्वजनिक शौचालयमा ताल्चा

धनगढी  : दैनिक एक हजार भन्दा बढी बसहरुको आवतजावत हुने धनगढीको बसपार्कमा सार्वजनिक शौचालय नहुँदा यात्रीहरु समस्यामा पर्ने गरेका छन् । बसपार्क भित्र रहेको एउटा मात्र सार्बजनिक शौचालय प्रयोगमा आएको छैन् । बबसपार्कमा खानेपानीको पनि व्यवस्था नहुदाँ यात्रुहरुलाई सास्ती हुने गरेको छ ।

खानेपानी र शौचालय नहुँदा बसपार्क पुगेका यात्रीहरु निकै समस्यामा पर्ने गरेका छन् । यात्रीहरुले सार्वजनिक शौचालयको ब्यवस्था नहुदा दिसापिसाब गर्न विभिन्न होटेलहरुमा जानुपरेको बताएका छन । धनगढी बसपार्कमा रहेको एउटा मात्र शौचालय पनि प्रयोग मा आएको छैन ।

शौचालय नहुदाँ आफुहरुलाई समस्या हुने गरेको यात्रुहरुले गुनासो गरेका छन । बसपार्कमा रहेको सार्वजनक शौचालयमा ताल्चा लगाइएको छ । सार्वजनिक शौचालयमा ताल्चा लगाइएपछि यात्रीहरु शौच गर्न बिभिन्न होटलहरुमा जान बाध्य छन ।

होटलमा शौचालयकका लागि जाँदा पैंसा तिर्दा पनि साहुहरुले कचकच सुन्नुपर्ने यात्रीहरुले बताएका छन् । होटलको शौचालय प्रयोग गर्न नक्ने सर्वसाधारणलाई त झनै समस्या हुने गरेको उनीहरुले बताएका छन । सार्बजनिक शौचालय नहुदाँ आफुहरुले शौचालय खोज्दै भौतारीनु पर्ने बाध्यता रहेको डोटीको बोगटान गाउपालिका घर भएका यात्रु तेज बमले बताउनुभयो ।

शौचालय मात्र होइन बसपार्कमा खानेपानी नहुदाँ पनि यात्रुहरुलाई समस्या हुने गरेको छ । खनेपानीको ब्यवस्था नहुदा यात्रीहरु मिनरल वाटरका बोतल किनेर पानी पिउन बाध्य छन् ।

बसपार्क व्यवस्थित गर्नको लागि बस व्यवसायीहरुले प्रति ट्रिप १ सय देखि १ सय ५० रुपियाँ सम्म तिर्ने गरेको बताएका छन । धनगढी उपमहानगरपालिकाले बसपार्क व्यवस्थित गर्न कुनै पनि चासो नदिएका कारण बसपार्क अस्तव्यस्त बन्दै गएको सवारी चालक कर्ण बहादुर भण्डारी बताउनुभयो ।

धनगढी उमहानगरपालिकाले केही महिन अघि मात्रै पुरानो स्वरुप भत्काएर नय बसपार्क बनाएको थियो । नया बनाउँदा समेत यात्रीको सुविधालाई ध्यान दिइएको छैन् । बसपार्क भित्र सरसाफाईमा पनि कुनै पनि चासो नदिएको यात्रुहरुले गुनासो गरेका छन ।  बसपार्क प्रवेश द्धार र निकास द्धार साघुरो हुदाँ पनि दुर्घटना हुने सम्भावना बढी रहेको यात्रु बाबुराम दाहालले बताउनुभयो ।

बसपार्कमा आउने बसहरुबाट बसपार्क शुल्क संकलन गर्ने ठेक्का पाउनुभएका ठेकेदार जनक शाहीले भने शौचालय र खानेपानी व्यवस्थापनको जिम्मा आफ्नो नभएको बताउनु बताउनुभयो । बसपार्क व्यवस्थापनको लागि उपमहानगरपालिकाले चासो नदिएको उहाले बताउनुभयो । यता उनगढी उपमहानगरपालिका वसपार्कको समस्यावारे बेखवर छ ।

उपमहनगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले बसपार्कको सबै जिम्मा ठेकेदारले दिएको बताउनु भयो ।

ठेकेदारले अटेरीगरे नगरपालीका आफैले व्यवस्थापन गर्ने उहाको भनाई छ । धनगढी उपमहानगरपालीकाले ७५ लाखमा एक बर्षको लागि रेखा निर्माण सेवालाई बसपार्क शुलक संकलन गर्न ठेक्का दिएको छ ।

नयाँ ठेक्का सुरु भएको २ महिना नबित्दै बसपार्क अस्त व्यस्त वनेको हो । त्यसैले बसपार्कको रेखदेख र व्यवस्थित गर्ने जिम्मा पाएका निकायले समस्या समाधानमा चासो दिन जरुरी छ ।