गेटा मेडिकल प्रतिष्ठानको रुपमा अगाडी बढीरहेको छ ःपुर्वमन्त्री  साउँद

गेटा मेडिकल प्रतिष्ठानको रुपमा अगाडी बढीरहेको छ ःपुर्वमन्त्री  साउँद

धनगढी  ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपि साउँदले गेटा मेडिकल प्रतिष्ठानको रुपमा अगाडी बढीरहेको बताएका छन । बिहिबार अत्तरियामा नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार क्षेत्र नं। ४ ले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियान अन्र्तगत गाउँगाउँ जाऔँ जागरण फैलाऔ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउँदले डडेल्धुरामा निर्माण हुने मेडिकल कलेज र गेटाको मेडिकल को संरचना फरक भएको बताए । ‘डडेल्धुरामा निर्माण हुने मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालय मातहत हुनेछ’ उनले भने ‘गेटा भने प्रतिष्ठानका रुपमा अगाडी बढीराख्या छ, दुईटै छुट्टा छुट्टै हुन ।’

उनले दुवै ठाउँमा ति कुराहरुको आवश्यकता भएको बताए । उनले गेटा मेडिकल १० अरबको लगानी बाट अगाडी बढिसकेको बताए । उनले गेटा मेडिकलको प्रभावकारीता निरन्तर अगाडी बढ्दै जाने समेत बताए ।