डोटीमा माओवादी केन्द्रबाट  मुख्यमन्त्री भट्ट बने प्रतिनिधीसभाका लागी सिफारीस

डोटीमा माओवादी केन्द्रबाट  मुख्यमन्त्री भट्ट बने प्रतिनिधीसभाका लागी सिफारीस

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधीसभाका लागी उमेदवार सिफारिश भएका छन् । नेकपा माओवादी केन्द्रले भट्टलाई प्रतिनिधीसभाका लागी सिफारिश गरेको हो । बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले उनलाई सिफारिस गरेको हो।

उनलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमलबहादुर गड्सिलाले बताए। पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जना सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरेको छ।

त्यस्तै, प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३र३ जना सिफारिस भएका छन्। प्रदेश सभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारीस भएका छन् भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन्।

समानुपातिकमा प्रदेश सभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ। प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन्।