निर्वाचनको कार्यतालिका सार्वजनिक, असोज २३ गते मनोनयन

निर्वाचनको कार्यतालिका सार्वजनिक, असोज २३ गते मनोनयन

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ।

असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ। दशैँको बिदा सकिने बित्तिकै भोलिपल्ट नै कार्यालय खुल्नेछन्।