कैलाली ४ मा माओवादीेबाट  प्रतिनिधि सभाका लागी आचार्य सहित ३ जना सिफारीस

कैलाली ४ मा माओवादीेबाट  प्रतिनिधि सभाका लागी आचार्य सहित ३ जना सिफारीस

धनगढी । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी कैलाली क्षेत्र नम्बर ४ बाट माओवादीले ३ जनालाई प्रतिनिधीसभाका लागी सिफारिश गरेको छ । माओवादी केन्द्र क्षेत्रिय समन्वय समितिको बैठकले कैलाली क्षेत्र नम्बर ४ बाट कृष्ण कुमार चौधरी कुन्दन, लक्षीराम आचार्य र पुष्पराज भुषालको नाम सिफारिश गरेको हो । उनिहरुको नाम प्रदेश कमिटिमा सिफारिश गरिएको हो ।

त्यस्तै प्रदेशसभाका लागी प्रदेश क तर्फ प्रत्यक्षमा कृष्णकुमार चौधरी कुन्दनु लक्षीराम आचार्य, हरीराम चौधरी उत्सव, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्टराई को नाम प्रदेशमा पठाएको हो ।

प्रदेश ख तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देबेन्द्र शाही, तिलक चौधरी र बिमल साउँद को नाम सिफारिस भएको छ ।