कैलालीमा उम्मेदवारीका लागि कांग्रेसका ३०० भन्दा बढी सिफारिस

कैलालीमा उम्मेदवारीका लागि कांग्रेसका ३०० भन्दा बढी  सिफारिस


कैलालीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसबाट मात्रै ३०० भन्दा बढीको नाम उम्मेदवारीका लागि  सिफारिस भएको छ । 

५ संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र प्रदेशसभाको खुला तथा समानुपातिक तर्फका आकांक्षी उम्मेदवारहरुका लागि कांग्रेसले ३०६ जनाको नाम माथिल्लो समितिमा सिफारिस गरेको हो ।


गठबन्धनभित्र भागबण्डाको जुहारी चलिरहेको बेला कांग्रेसबाट एकै क्षेत्रमा दर्जनौं व्यक्ति सिफारिस भएका छन् ।

कांग्रेसबाट क्षेत्र नं। ५ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बाहेक कुनै पनि क्षेत्रमा सर्वसम्मत रुपमा एकल उम्मेदवार सिफारिस भएको छैन । क्षेत्र नं। ५ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले प्रधानमन्त्री पत्नी डा। आरजु राणा देउवाको नाम एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनी २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।

यद्यपि, कैलाली–५ मा एकल सिफारिस भएकी आरजु राणा देउवा अन्य जिल्लाबाट समेत सिफारिसमा परेकी छन् । उनको नाम कैलाली–५ सहित डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके–३ र बर्दिया–२ तथा गण्डकी प्रदेशको बागलुङ–२ बाट पनि सिफारिस भएको छ ।

कैलालीमा कांग्रेसले एकै व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ, समानुपातिकदेखि प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकको सूचीमा समेत समावेश गरेको पाइएको छ ।

प्रतिनिधिसभातर्फ जिल्लाको निर्वाचन क्षेत्र नं। १ बाट समानुपातिकको सूचीमा सिफारिस भएका वीरबहादुर हमाल क्षेत्र नं। १ ९क० को प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा समेटिएका छन् ।

प्रतिनिधिसभातर्फ नै निर्वाचन क्षेत्र नं। ३ बाट प्रत्यक्षतर्फको सूचीको पहिलो नम्बरमा रहेका खेमराज डंगौरा थारु सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० को प्रत्यक्ष र समानुपातिकतर्फको सूचीमा समेत परेका छन् । उनी कैलाली कांग्रेसका उपसभापति समेत हुन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नं। ३ को प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीमा रहेका रामचरण चौधरी सोही निर्वाचन क्षेत्र प्रदेशसभातर्फको (क) को प्रत्यक्ष र समानुपातिकतर्फको सूचीमा समेत दोहोरिएका छन् । चौधरी कांग्रेस कैलालीका पूर्व जिल्ला सचिव हुन् ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु पनि तीन वटा सूचीमा परेका छन् । उनी जिल्लाको निर्वाचन क्षेत्र नं। ५ प्रतिनिधिसभातर्फको समानुपातिक सूचीका साथै सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फको (ख) प्रत्यक्ष र समानुपातिकतर्फको सूचीमा सिफारिस भएका छन् ।

दुईभन्दा बढी सूचीमा दोहोरिनेमा पुरन प्रसाद चौधरी, रिता कुमारी चौधरी, प्रकाश बम, क्षितिज भण्ठारी, निपा चोखाल, मनिराम देवल, नृपबहादुर सुनार, गणेशबहादुर देउवा, प्रभात कुमार चौधरी, रामसमझ राना, सन्तराम चौधरी, लक्ष्मीनारायण चौधरीलगायत छन् ।

निर्वाचन क्षेत्र नं। ३ बाट उम्मेदवारी घोषणा गरेका कांग्रेस कैलालीका उपसभापति खेमराज डंगौरा थारुले आफूले चाहे प्रतिनिधिसभा होस या प्रदेशसभा, कुनै न कुनै क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् ।

विगतको निर्वाचनको मतपरिणाम हेर्दा क्षेत्र नं। ३ मा माओवादी केन्द्रले जित्दै आएको छ । तर हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कांग्रेसले बहुसंख्यक वडाध्यक्ष जितेपछि उनी निकै हौसिएका छन् ।

दुईभन्दा बढी सूचीमा एउटै व्यक्ति समेटिएकोबारेमा कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट समेत असन्तुष्ट छन् । ‘यहाँ त उम्मेदवारको नाम सिफारिस फुटपाथमा बेच्न लागेको तरकारीजस्तै भयो,’ रातोपाटीसँग उनले भने, ‘नेताहरुमा निर्णय क्षमताको अभाव देखियो । दोधारे प्रवृत्ति र अदूरदर्शिता देखियो । उहाँहरुमा नैतिकताको सवाल पनि उत्पन्न भयो ।’

विभिन्न क्षेत्रीय समितिबाट ती नाम सिफारिस भइ जिल्लामा आएको बताउँदै उनले त्यस्ता नाम आफूले काट्न नसक्ने भएकाले प्रदेश समितिलाई पनि जस्ताको त्यस्तै पठाएको जानकारी दिए ।