बाढी पीडितलाई आपतकालिन राहत वितरण

बाढी पीडितलाई आपतकालिन राहत वितरण

दार्चुला ।  दार्चुलाका बाढी प्रभावित परिवारलाई आपतकालिन राहत वितरण सुरु गरिएको छ । केयर नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालले राहत वितरण गरिरहेको छ । 

जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा राहत वितरण गरिन लागिएको हो । सदरमुकाम क्षेत्रका २० परीवारलाई राहत वितरण गरिएको सिआरडिएस नेपाल दार्चुलाका टीम लिडर अशोक राज ओझाले जानकारी दिए । बाढी पीडित महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरका आन सिंह महरा, गणेश बहादुर कुँवर, विर सिंह कुवर, करविर सिंह कुँवर, राम सिंह कार्की, करन सिंह कार्की, अमर सिंह महरा, पदम सिंह महरा, जनक बहादुर बम, अमर सिंह कार्की, जयसिंह महर, महेन्द्र्र भट्ट, महेश सिंह धामी, राम सिंह बोहरा, कम्मान सिंह कुँवर, हरक सिंह कुवँर, बिरेन्द्र सिंह कुवर, धन सिंह महरा, हरक सिंह बडाल र जशु लुहारको परिवारलाई आपतकालिन राहत वितरण गरिएको हो । 

बाँगाबगर क्षेत्रका दुई दर्जन घरमा क्षति भएको छ । उनीहरुलाई राहतमा २५ किलोग्राम चामल, ५ किलोग्राम पिठो, साढे चार किलो दाल, २ लिटर तेल, नून, लगायत खाद्यान्न वितरण गरिएको छ । लास्कु खोलाले कटान गरिरहेकाले माथिल्लो बंगाबगर क्षेत्रका स्थानीय घर छोडेर सरसमानसहित अन्यत्र सरेका छन् । 

प्रहरीको तथ्यांक अनुसार बाढी र पहिरोबाट अहिलेसम्म ४२ घरमा पूर्ण क्षति, ९ घर आशिंक क्षति ९ घरमा र ४० घर जोखिममा रहेको बताइएको छ ।