आयो धरान बजारमा पानी

आयो धरान बजारमा पानी


धरान उपमहानगरका मेयर हर्क साम्पाङले  धरान बजारमा पानी ल्याउन सफल भएका छन्।  

 धरान बजारमा पानी आएसँगै मेयर साम्पाङले धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।  

भिडियोसँगै उनले लेखेका छन्,ु खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ सर्दु जोड्न बाँकीर्छ  सर्दुसँग त झन ठुलो आउनेछ फोहोर्रोेैैै

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ।

साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए।