कञ्चनपुरको कृष्णपुरमा किसान परिचय पत्र वितरण सुरु

कञ्चनपुरको कृष्णपुरमा किसान परिचय पत्र वितरण सुरु

धनगढी ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बर्गिकरण सहितको किसान परिचय पत्र वितरण सुरु गरिएको छ । राष्ट्रिय कृषक समूह महासघ नेपाल सुदुरपश्चिम प्रदेश कार्यसमिति र कष्णपुर नगरपालिकाको सम्झैता अनुसार केयर नेपालको आर्थिक सहयोगमा नगरपालिकामा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो ।

सोमबाट एक कार्यक्रमका बिच नगरप्रमुख हेम राज ओझाले किसान परिचय पत्रको वितरणको शुभारम्भ गरेका थिए । सो कायक्रम अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण सुरु गरिएको छ ।
राष्ट्रिय कृषक समूह महासघ नेपालले यसअघि भदौ २५ गते देखि गोदावरी नगरपालिकामा पनि किसान परिचय पत्र वितरण सुरु गरेको थियो ।