धनगढीमा  भकारीभित्र भारतीय ८ लाख भेटीएपछि...

धनगढीमा  भकारीभित्र भारतीय ८ लाख भेटीएपछि...

धनगढी । जिल्ला प्रहरी कायार्यलय कैलालीले भारतबाट चोरेर ल्याइएको भारतीय  ८ लाख रमक भकारी भित्र फेला पारेको छ । 

धनगढी उपमहानगरपालिका १८ का  ३२ वर्षीय हिरा विकले भारतको बम्बईबाट पैसा चोरी ल्याएको भन्ने सूचनाका आधारमा प्रहरीले सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए ।

उनका अनुसार विकको घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको हो । यस्तै  विकलाई धनगढी उपमहानगरपालिका १६ को  रामपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा मङ्गलवार दिउसो पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको लागि उक्त पैसा र निज व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।