नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा व्यस्त

नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा  व्यस्त


पछिल्लो समय नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा सक्रिय भएकी छिन् । मोरङ निर्वाचन क्षेत्र. ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।


चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ.३ मा पर्ने पथरी शनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका  मतदातासँग भेटघाट गरेकीछिन । उनले मोरङ.३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग  समस्याहरूबारे जानकारी लिइन ।


घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन । 


मोरङ क्षेत्र नम्बर.३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।