बस्तीमा पस्यो हात्ती, स्थानियमा त्रास

बस्तीमा पस्यो हात्ती, स्थानियमा त्रास


कञ्चनपुर/  जिल्लाको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा हात्तीले आतंक मच्चाउदा बाली जोगाउन कृषक रातभर जाग्राम बस्ने गरेका छन् । हात्तीको बथानले कृषि बालिमा क्षति पुगाउन थालेपछि  स्थानीय कृषक बालि जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । दिनहुँजसो लालझाडी र सिस्ने सिमसार क्षेत्रबाट बस्तीमा    बस्ने हात्तीको बथानले  खेतमा लगाएको धान बालि नष्ट गर्न थालेपछि स्थानीयमा डर त्रास र चिन्ता बढ्न थालेको छ । 

स्थानीय एलबी बिश्वकर्माले हात्तीबाट बालि जोगाउन रातभरी जाग्राम बस्ने गरेको बताए। ‘उनले भर्र्ने ृबालि जोगाउन हामीहरु रातभर खेतमा बस्ने गरेका छौ, ‘हात्ती धपाउन खोज्दा पनि भाग्दैनन् । बाली त नष्ट गरेको छ नै, हामी पनि हात्तीको जोखिममा छौ’ हात्ती भगाउन नगरपालिकासंग सहयोग गरेका थियौ, नगरपालिकाले  पटाका उपलब्ध गराएको छ । पटाकाले  हात्ती भगाउन केही सहज भएको छ  ।

एलवी विश्वकर्माले आफूहरुले नगरपालिकाबाट हात्ती धपाउन लाईट र साइरनको माग गरेको भएपनि हालसम्म सुनुवाई नभएको बताए । तर वडा नम्बर ४ का वडा अध्यक्ष धर्म सिहले हात्तीलाई बस्तीमा आउनबाट रोक्न लाईटको व्यवस्था गर्न लागिएको बताए ।  वडा र नगरबाट हात्तीको क्षती कम गर्न लाइट लगाउने व्यवस्था गरिन लागिएको जाकारी दिए ।  ‘हात्तीले अध्यारोमा बस्दा आक्रमण गर्ने क्षति पनि बढी गर्ने भएकाले हामीले हात्ती आउने बाटोमा लाइटको व्यवस्थापन गर्दै छौ’ उनले भने ‘हात्ती जताततै बाट हिड्दैन । हात्ती आउनी निश्चित बाटो हुन्छ । हामीले हात्ती आउने बाटो पहिचान गरेर सो क्षेत्रमा लाईट लगाउने योजना बनाएका छौ ।’

स्थानीय शिवराज खड्काले हात्ती भगाउन युवाहरु मिलेर रातभरी खेतमा गस्ती गर्ने गरेको बताए । उनले १० देखि १५ को संख्यामा हात्तीको बथान बस्तीमा पस्ने गरेको बताए ।

 बर्षातको समयमा बर्षेनी मालुबेलामा हात्तीले दुःख दिदै आएका छन् । । ‘बर्षातको समयमा दुधुवा नेसनल पार्क, शुक्लाफाटा राष्ट्रिय निकुन्जबाट बर्षेनी बर्षातको सययमा हात्तीको बथान यस क्षेत्रमा आउने गर्दछ । तल्लो क्षेत्रमा बर्षातका कारण डुवान हुने भएकाले उचो ठाउँ खोज्दै यहाँ आउने गर्दछ । यस क्षेत्रमा बर्षेनी बर्षातको समयमा हात्तीको समस्या दोहरीने गरको छ । ’

स्थानियका अनुसार यो बर्ष हालसम्म हात्तीले मालुबेलामा १० देखि १५ परिवारको धान बालि क्षती गरेको छ  । तर मानविय क्षती भने गरेको छैन् ।  

बर्षेनी बालिमा हात्तीको बथानले खाने मात्रै नभएर कुल्चेर जाने गरेपछि किसान भने निकै समस्यामा परेका छन । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेको कञ्चनपुरका कृष्णपुर नगरपालिका संगै शुक्लाफाँटा, दोधरा चाँदनी, बेल्डाडी लगायतका क्षेत्रमा रहेको बालि संगै मानवीय र भौतिक क्षती समेत गर्ने गरेको छ ।