नि.मा.वी तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, सु.पमा १५.०६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

नि.मा.वी तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, सु.पमा  १५.०६ प्रतिशत परीक्षार्थी  उत्तीर्ण


धनगढी / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जस अनुसार परीक्षामा सहभागी भएका मध्ये १८ प्रतिशत परीक्षार्थीमात्रै उतीर्ण भएका छन् । 

सुदूरपश्चिम प्रदेशका २१ हजार ६५६ परीक्षार्थीमध्ये ३ हजार २६३ जना मात्रै लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन् । सुदूरपश्चिममा परीक्षा दिने मध्ये १५.०६ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् । 

गएको साउन २८ मा लिएको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ८१ हजार ५७५ सहभागी भएका थिए । त्यसमध्ये ३२ हजार ८८८ जना अर्थात १८.११ प्रतिशतले मात्रै उतीर्ण भएका हुन् ।