पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

काभ्रे । काभ्रेमा पहिरोले घर पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया) ४४ वर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको प्रहरीले जनाएको छ।