कैलालीको त्रिनगर माविका छात्राहरु बेहोस हुदै

कैलालीको त्रिनगर माविका छात्राहरु बेहोस हुदै

धनगढी । कैलाललीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयमा छात्राहरु बेहोस बेहोस भएर ढल्न थालेका छन । धनगढी उप–महानगरपालिका १ एल.एन.चोक स्थित त्रिनगार माध्यमिक विद्यालयमा बिहिबार (आज) सात जना छात्राहरु बेहोस भएर ढलेका हुन ।

उनिहरुमा रिगटा लाग्ने, बेहोस हुने, चिच्याउने, कराउने, रुने, एक्लै भाग्ने, दात टोक्ने,काप्ने लगाएतका समस्या देखिएको प्रधानाध्यापक भुपाल सिं खड्काले जानकारी दिए । 
उनले भने,“एक्काइसौं सताब्दिमा आएर भुत प्रेतको कुरामा भ्रम गर्नु हुदैन,उनिहरुको मानसिक समस्या हो।“नगरपालिकाले राखेका मनो परामर्श दाता बाट उनिहरुलाइ परामर्श दिने प्रधानाध्यापक खड्काले बताए ।

विद्यालयमा पहिले पनि फाट्फुट मात्रामा दुई, चार जनामा यस्तो समस्या हुने गरेको शिक्षक नेत्र कठायतले बताए । 

विद्यालयमा किशोरीमा यस्ता समस्या भएका धेरै आत्तिहाल्नु पर्ने अवस्था नहुने धनगढी उप महानगरपालीकाकी मनो परामर्श दाता गिता भट्टले बताइन् । उनका अनुसार किशोरावस्थाका किशोरिलाई धेरै भिडभाड, कोलाहल हुने क्षेत्रमा बढी समस्या हुने गर्दछ ।