बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने

बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने

बैतडी / बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको छ । 

यही भदौ २४ गते बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेकाले विद्यालय व्यवस्थापन समितिहरुले त्यस्ता शिक्षकहरुलाई अवकाश दिनुपर्ने जनाएको छ । 

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिन भित्र पालिकालाई जानकारी गराउन समेत भनेको छ । 

Surnya gapa1663233449.jpg