कैलाली क्षेत्र नम्बर २ बाट महिला समानुपातिक तर्फ बबिता पाण्डे सिफरिस

कैलाली क्षेत्र नम्बर २ बाट महिला समानुपातिक तर्फ बबिता पाण्डे सिफरिस

काठमाण्डौं । नेकपा एस गत दुई साता अघि कैलाली जिल्ला नेकपा एकिकृत समाजबादी लम्की चुहा नगरपालिका क्षेत्रिय कमिटि संयोजक, जिल्ला उप सचिब बखत बिष्टको अध्यक्षतामा बसेको बैठकले जिल्ला निर्वाचन क्षेत्र नं.२ को क बाट महिला समानुपातिकतर्फ युवा संघ कि नेत्री बबिता पाण्डे सिफारिस भएकी थिईन् । युवा माझ लोकप्रिय छवि बनाएकी बबिता पाण्डे प्रदेश सभा सदस्यको लागि सिफरिस भए सँगै युवामा उत्साह छाएको छ । समाजिक सञ्जाल भर उनलाई बधाईको ओइरो लागेको छ । युवा संघका नेता तथा कार्यकर्ताहरुले खुशी साट्दै बबिता लाई कुनै पनि हालतमा प्रदेश सांसद बनाउनुपर्ने भन्दै पार्टीका नेताहरुलाई दवाव सिर्जना गरिरहेका छन् । महिला र त्यसमाथि युवामा लोकप्रिय छवि भएको कारण बबिता पाण्डेलाई सासंद बनाउनै पर्ने दबाब पार्टी नेतृत्व पंक्तिलाई रहेको छ ।

को हुन् बबिता पाण्डे 

२०६४ सालमा तत्कालीन नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल लम्की चुहा नगरपालिका वडा नं। १ को अध्यक्ष हुदै राजनितिक यात्रा सुरु गरेकी बबिता अखिल नेपाल महिला संघको क्षत्रिय कमिटि सचिव हुदै युवा राजनीतिमा आफ्नो उपस्थिती मजबुत बनाउदै आइन् । त्यसपछि २०७२ मा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघको केन्द्रिय प्राकृतिक स्रोत ब्यवस्थापन बिभाग सदस्य भएर भुकम्प पीडितहरुको उद्दारमा निकै महत्वपुर्ण भुमिका खेलिन् । त्यस लगत्तै राष्ट्रिय युवा संघ लेखा आयोग सदस्य भएकी बबिता २०७७ सालमा केन्द्रिय सदस्य हुदै अहिले युवा संघ नेपालको अस्थाई कमिटि सदस्य र नेकपा एस जिल्ला कमिटि सदस्यको जिम्मेवारी सम्हालिरहेकी छिन् । समाजमा अहिले पनि महिलाहरु घर गृहस्थीमै सिमित रहेको अवस्थामा बबिता राजनीति र परिवार दुबैलाई सम्हालेर अघि बढिरहेकी छिन् । उनि दुबै जिम्मेवारी सम्हाल्न सफल भएकी छिन् । राजनीतिमा लाग्दा समाजले साथ नदिएपनि आफ्नो मेहनत र आत्मविश्वासको कारणले विस्तारै जनताको साथ जित्दै गएको बबिता बताउछन् ।

सामाजिक काममा पनि उत्तिकै सक्रिय बबिता 

बबिता जिल्लाको विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै सक्रिय छिन् । उनि संग लम्की जेसीस २०२० को अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव रहेको छ । लम्की चुहा नगरपालिका खेलकुद बिकास समितिको कोषाध्यक्ष रहेर काम गरीसकेकि बबिता युवाहरुलाई खेलकुद लगायत समाजिक काममा अभिप्रेरित गनुपर्ने बताउछन् । यसले समाजमा समाजिक एकताको बातावरण सिर्जना गर्ने उनको तर्क रहेको छ । त्यस्तै उनि अक्षर प्रतिष्ठानको संस्थापक उपाध्यक्ष रहिसकेकी छिन् । त्यस्तै उनि सँग बाजुरा एकता सेवा समाजको संस्थापक उपाध्यक्ष र सामुदायिक रेडियो पश्चिम आवाजको संस्थापक सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव रहेको छ । लम्की बहुमुखी क्याम्पसको आजिवन सदस्य रहेकी बबिता नेपाल जे सीसको सफल प्रतीक्षक पनि हुन् । उनि सिओएसडि नेपालको संस्थापक अध्यक्ष पनि हुन् । आफु समाजको परिवर्तनको लागि निस्वार्थ राजनीतिमा लागेको बताउने बबिता सामाजिक काममा लागेर जनता सँग थप नजिक हुने अवसर प्राप्त भएको बताउँछिन् । सामाजिक काममा लाग्दा समाजको वास्तविक समस्याको बारेमा जानकारी हुने र राजनितिक माध्यमले ति समस्या निराकरण गर्न त्यसले थप मद्दत गर्ने उनको बुझाई रहेको छ ।

बिकासमा सहकार्य लाई को सस्थापक अध्यक्ष भै समाज मा महिला र युवा हरुलाइ उद्यमसिलता मा जोड्नु पर्छ भनि देशभर कार्यक्षेत्र बनाई स्थानिय सरकार र पालिका नगरपालिका हरुसगँ समन्वयन गर्रै बिभिन्न सिप मुलक तालीम दिदै उत्पादन र उधमसिलतामा महिलाहरुलाइ जोड्दै बिभिन्नखाले तालीम माफर्त युवा र महिलाहरुको क्षेत्रमा थुप्रै सिप र ज्ञान हरु बाडिरहेकी छन ।