डोटी कांग्रेसको भेलाले बिद्रोहको तयारी गर्दै

डोटी कांग्रेसको भेलाले बिद्रोहको तयारी गर्दै

धनगढी । गठबन्धनको बिषयमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस डोटीको भेला काठमाडौंमा बस्न लागेको छ । सिनियर नेता तथा कार्यकर्ताहरू सहभागि हुने सो भेलाले पार्टी नेतृत्वका बिरूद्व बिद्रोह गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।
कांग्रेसका महाधिबेशन प्रतिनिधि हर्क देउबाको कोटेश्वर स्थित सेवन्टिकामा आइतबार  बिहान ८ बजे भेला बस्न लागिएको जिल्ला सचिव गणेश खड्काले बताए । पार्टी सभापति शेर बहादुर देउबालाई भेट्न गएको जिल्लाका शिर्ष नेताहरूको टोलीलाई डोटीमा गठबन्धन गर्ने स्पष्ट सन्देश दिएपछि नेता तथा कार्यकर्ताहरू आक्रोसित भएका छन् । स्रोतका अनुसार सभापति देउबाले कांग्रेसका नेताहरू बिचमै सहमति हुन नसकेकाले गठबन्धन बाहेकको बिकल्प नरहेको बताएका थिए । सभापतिको सोही कुरालाई काउन्टर दिन भेलाले पार्टीभित्र बिद्रोह गर्ने सम्म सामुहिक  निर्णयको तयारी रहेको स्रोतले बताएको छ ।
यद्दपी पार्टी सभापति नरेन्द्र बहादुर सिंहले नेताहरू बिच एकता नभएको भ्रम चिर्न भेलाको आयोजना गरिन लागेको बताएका छन् । व्यक्ति कस्ले टिकट पाउने भन्ने कुरा गौण हो  सभापति सिंहले भने नेतृत्वले  जसलाई टिकट दिएपनि स्वीकार हुन्छ तर जबरजस्ती गठबन्धन लाद्नु भएन ।स्रोतका अनुसार प्रतिनिधी सभामा नेकपा समाजबादीबाट प्रेम बहादुर आलेमगरले टिकट पाउने लगभग पक्कापक्की भएको छ । प्रदेश ख माओवादी केन्द्र र प्रदेश क मा नेपाली कांग्रेसले सत्तागठबन्धनबाट  टिकट पाउने भएका छन् ।
कांग्रेसबाट प्रतिनिधी सभामा बीर बहादुर बलायर, भरत बहादुर खड्का, आनन्द बिष्ट, पुष्पकुमार शाही आकांक्षि छन् । चारै जना आकांक्षिले एकअर्कालाई  नस्विकारेको खबर पार्टी सभापति देउबाकहाँ पुगेपछि आलेमगरलाई गठबन्धनबाट टिकट पाउन सहज भएको हो ।