बैतडीको सुर्नया गाउँपालिकाले असोज ६ गते शोक बिदा दिने

बैतडीको सुर्नया गाउँपालिकाले असोज ६ गते शोक बिदा दिने

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाले शोक बिदा दिने भएको छ । गाउँ कार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएकाले असोज ६ गते गाउँपालिकाभरि शोक बिदा दिने भएको हो ।

सो दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायमा शोक बिदा दिइएको गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

असोज १ गते सुर्नया गाउँपालिका ५ घर भएका गाउँ कार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएको थियो ।