धनगढीमा अनशनरत डा. केसी १०औँ दिन आफ्नै खर्चमा काठमाडौं फर्किए

धनगढीमा अनशनरत डा. केसी १०औँ दिन आफ्नै खर्चमा काठमाडौं फर्किए

विगत १० दिन देखी धनगढीमा अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं फर्किएका छन् । 

आमरण अनसनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौं जान तयार भएका हुन्।

उनि बुधबार ५ बजेर ७ मिनेटमा श्री एयरको नियमित उडानमा धनगढी विमानस्थल बाट काठमाडौं तर्फ प्रस्थान गरेका हुन् । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकसहितको टोलीको पटक पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी काठमाडौं फर्केका हुन्।

यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै मंगलबार दिनभर सरकारले काठमाडौं लैजाने प्रयास गरे पनि उनले मानेका थिएनन्। मंगलबार उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक दिनभर धनगढीमै रहे पनि बेलुकी भने रित्तै फर्किएको थियो।