एमाले सुदूरपश्चिम सदस्य बोगटीसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।

यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।