आत्महत्या रोक्न विद्यालयमै सचेतना कार्यक्रम

आत्महत्या रोक्न विद्यालयमै सचेतना कार्यक्रम


बैतडी / आत्महत्याका घटना न्युनिकरण गर्नका लागि बैतडीका  सामुदायिक विद्यालयहरुमा सचेतना फैलाउन थालिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट प्रहरीको टोली परिचालन गरेर सामुदायिक विद्यालयमा सचेतना अभियान  थालिएको हो ।

पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले त्यसको रोकथामका लागि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।


बैतडीमा गएको आर्थिक बर्षमा ३६ जनाले आत्महत्या गरेको तथ्यांक छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गएको साउन र भदौमा मात्रै १८ ओटा विद्यालय सहित ६८ ठाउँमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।