बैतडीमा सहिद परीवारलाई मासिक भत्ता दिने

बैतडीमा सहिद परीवारलाई मासिक भत्ता दिने


बैतडी । बैतडीमा सहिद परीवारलाई मासिक भत्ता दिने भएको छ ।  जिल्लाको डिलाशैनी गाउँपालिकाले सहिद परिवारलाई गाउँ पालिका बाट मासिक भत्ता दिने निर्णय गरेको छ । व्यवस्था परिबर्तनका लागी  सहादत प्राप्त गर्नु हुने परिवारहरुका लागि मासिक ३ हजारका दरले भत्ता दिने निर्णय गर्नु भएको छ ।


कार्यपालिकाको बैठक बाट भत्ता बितरणको नीति बनाएर  अगामी ( कार्तिक)  महिना देखि सहिद परिवार लाई बैंक सिस्टम मार्फत भत्ता बितरण गर्ने र यो महिनाको भत्ता यहि असोज  १३ गत डिलाशैनी गाउँकार्यपालिकाको कार्यलमा सहिद परिवार लाई बोलाएर सम्मान सहित भत्ता बितरण गर्ने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताउनु भयो ।  

No description available.

No description available.