अटो दुर्घटनामा परि बैतडीमा मेला हेर्न जाँदै गरेका ७ जना घाइते

अटो दुर्घटनामा परि बैतडीमा मेला हेर्न जाँदै गरेका ७ जना घाइते

महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसाली नजिक अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा अटो चालक बैतडीको डिलासैनी गाउँपालिका ६ का ३४ वर्षीय धन सिह थलाल, सोही ठाउँका वर्षीय ५० वीर सिह खत्री, ४५ वर्षीया अम्मरा खत्री,१३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र ९ वर्षीय जनक थलाल रहेका छन् ।

घाइतेहरूको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायव निरीक्षक मान सिह पन्तले जानकारी दिए ।

गोकुलेश्वरबाट देहिमाडौतर्फ गइरहेको अन टेस्ट अटो बिहान पौने १० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अष्टमीका दिन आज देहिमाडौस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला जात्रा हेर्नको जान लागेका बताइएको छ ।

तिव्र गतिमा रहेको उक्त अटो अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनाग्रस्त अटो सडकबाट ५०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।