पश्चिमेली भाषा बोलेर टिकटकमा ख्याति कमाएकी पविको फेरिएको जीवनशैली, को हुन् मिस पवि ?

पश्चिमेली भाषा बोलेर टिकटकमा ख्याति कमाएकी पविको फेरिएको जीवनशैली, को हुन् मिस पवि ?

धनगढी । टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप हो । छोटो भिडियो बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् अहिलेका पुस्ताले टिकटकमा। तीन मिनेटसम्मको भिडियो बनाउन र १० मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने यो एप्स टिकटकमा युवा मात्र नभई बच्चा र वृद्धमा पनि उति नै लोकप्रिय छ । 

सोही टिकटकको कतिले सही सदुपयोग गरेको अभिनयबाट धेरै व्यक्ति ख्याति समेत कमाएका छन् । भने कयौँले चर्चित हुनकै लागी दुरुपयोग समेत गरिरहेका छन् । अश्लीलता फैलाइरहेका छन्  । 

यसै बिच  डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पवित्रा साँकी टिकटकमा  मिस पवि नामले अहिले टिकटकमा प्रख्यात बनेकी छन् ।

मिठो डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्ने उनको एक बर्सअघि टिकटकमा केही हजार फलोअर मात्रै थिए ।  तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले। उनले बनाएका अर्थात् अपलोड गरेका भिडियोहरू मध्ये अहिले सम्म गीत, डान्स भन्दापनी डडेल्धुराको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराउने गरेका छन् । 

डडेल्धुरी भाषामा बोलेका भिडियोले मलाई चिनाएको हो । टिकटकमा धेरैले मेरो बोली मन पराउन थालेपछि म्युजिक भिडियो र विज्ञापनका लागि अफर आउन थाले पछि उनले अहिले केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरी सकेकी छन् । 

'अहिले उनको टिकटक एकाउन्टमा ६ लाख ८६ हजार ८ सय बढी फ्लोर्स छन् । भने २५ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् ।' उनले भनिन् । 

पवित्राले अहिलेसम्म ८ वटा म्युजिक भिडियोमा अभिनय गरी सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । 

यस्तै, व्यापार प्रवर्द्धनका लागी स्थानीय व्यापारीले अफर गर्ने गरेको साँकीले बताइन् । टिकटकको सही सदुपयोगले केही व्यवशायीक कमा सुरु गर्न लागेकी उनले परिश्रमिक बारे भने  अहिले के कति लिने गरेको अथवा पाउने गरेको बारे भने खुलाएकी छैनन् ।