सन्दिप आज बिहान १० बजे नेपाल पुग्दै, आत्मसर्मपण गर्ने

सन्दिप आज बिहान १० बजे नेपाल पुग्दै, आत्मसर्मपण गर्ने

काठमाण्डौ / किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।

"नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु" ,उनले भनेका छन्, "मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु" ।