बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा दुइ जनाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा दुइ जनाको मृत्यु


कञ्चनपुर/ कञ्चनपुरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी  मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका गुद्धु राना र पछाडि सवार पुनर्वास १० का विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

बुधबार राती साढे १० बजेतिर पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल बिजुलीको पोलमा  ठोक्किँएर दुर्घटना भएको हो । 

 मोटर साइकलले ठक्करदिदां बिजुलीको पोल समेत भाँचिएको छ । मोटर साइकल तीव्र गतिमा रहेकोले दुर्घटना भएको प्हरीले जनाएको छ ।