४९ वर्षपछि गरिएको नाली सफाइले पनि रोकिएन धनगढी पार्क मोडको डुबान हेर्नुहोस् चार तस्बिरमा

४९ वर्षपछि गरिएको नाली सफाइले पनि रोकिएन धनगढी पार्क मोडको डुबान हेर्नुहोस् चार तस्बिरमा

धनगढी । बुधवार राति देखी लगातार परिरहेको वर्षाले धनगढीको पार्क मोड क्षेत्र जलमग्न भएको छ । विगतका लामो समय देखी वर्षा हुने बित्तिकै जलमग्न हुने पार्क मोड क्षेत्र डुबान हुन बाट जोगाउन धनगढी उप-महानगर पालिकाले ४९ वर्ष पछि यही २०७९ साउन २७ गते बुधवार र बिहीबार दुई दिन लगाएर रातिको समयमा नाली सफा गरेको थियो । 

२०३० सालमा निर्माण भएको नालीको सफाइ  गरिएपछि पार्क मोड क्षेत्रको मुख्य सडकमा पानी जम्ने समस्या समाधान हुने विश्वास उप-महानगरले गरेको थियो । 

यद्धपी आजको वर्षाले उप-महानगरलाई निराश त बनाएको छ नै अब नाली सफाइ मात्र धनगढी डुबानको विकल्प होइन, डुबान हटाउन अन्य विकल्प रोज्न स्पष्ट पनि पारेको छ । 

पार्क मोड क्षेत्रमा धनगढी उप-महानगरले डुबान रोक्न गरेको पूर्व तयारीले काम गरेन अझै वर्षा रोकिएको छैन । ख्याल गरौँ बाढी, डुबान जस्ता प्राकृतिक विपदबाट जोगिन तपाईँले कत्तिको पूर्व तयारी गर्नु भएको छ ? समयमै सजग बनौँ जन धनको क्षतिबाट जोगिऔँ ।