'हरर' फिल्म बनाउँदै सलमान

'हरर' फिल्म बनाउँदै सलमान

अभिनेता सलमान खानले  एउटा नयाँ फिल्म निर्माण गर्ने योजना बनाएका छन् । 

मिडिया रिपोर्टका अनुसार सलमानले हरर जनराको फिल्म बनाउन लागेका हुन्।

इन्डियन मोसन पिक्चर्स एसोसिएसनमा दर्ता गरेअनुसार सलमानको सो फिल्मको नाम छ– आदमखोर । सलमानको प्रोडक्सन हाउस सूत्रका अनुसार आदमखोर हरर फिल्म हो । सलमानले बारम्बार भन्दै आएका छन् कि म मान्छेलाई तर्साउने, डराउने तथा यौनदृश्यवाला फिल्म कहिल्यै खेल्ने तथा निर्माण गर्नेछैन ।

तर, अहिले आएर सलमान हरर फिल्मतिर किन लाग्दै छन् भनेर मिडियाले प्रश्न उठाएका छन् । पारिवारसँगै बसेर हेर्न सक्ने फिल्म मात्र गर्ने प्रतिबद्धता जनाउँदै आएका सलमानले आफ्नो प्रण किन तोड्दै छन् भनेर अहिले बलिउडमा चर्चा चल्न थालेको छ । सलमानको भारत प्रदर्शनको तयारीमा छ भने दबंग–३ पछि उनी सञ्जयलीला भन्सालीको इन्साअल्लाको सुटिङ सुरु गर्नेछन् ।